त्रिभुवन आर्मी एमएम कपको सेमिफाइनलमा,एमएमसीसी १० विकेटले पराजित

त्रिभुवन आर्मी एमएम कपको सेमिफाइनलमा,एमएमसीसी १० विकेटले पराजित

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, पुस २२ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इनरुवामा आज आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई १० विकेटले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

इनरुवा रंगशालामा एमएमसीसीले दिएको ५७ रनको लक्ष्य आर्मीले ५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो । आर्मीका लागि कुशल मल्लले अविजित ३५ रन जोड्दा हरिकृष्ण झाले अविजित २० रन बनाए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एमएमसीसी १९ ओभर ३ बलमा अलआउट हुँदै ५६ रनमा समेटिएको थियो ।

आर्मीका बलर सामु निरिह एमएमसीसीका सुशान्त तिमल्सिनाले सर्वा्धिक १५ रन जोडे। यस्तै सोनु मण्डलले १३ रन बनाए । आयोजक टोलीलाई सस्तैमा समट्ने आर्मीका देब्रे हाते स्पिनर सुशन भारीले ह्याट्रिक विकेटसहित ७ विकेट लिए । उनले मात्र १६ रन खर्चिए ।

सुशनले सातौं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए । खेलको प्लेयर अफ दि म्याच सुशन चुनिए । यस्तै हरि चौहानले २ विकेट लिए । जितसँगै आर्मी समूह ’ए’ बाट शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

आर्मीले २ खेलमा दुई जितसहित ४ अंक जोड्यो । आर्मीले पहिलो खेलमा एपीएफलाई १ सय ८ रनले पराजित गरेको थियो । यस समूहबाट २ अंक जोडेको एपीएफ र अंक विहीन एमएमसीसी भने बाहिरिएको छ । आर्मीले अब सेमिफाइनलमा समूह ’सी’ को विजेता प्रदेश ३ सँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ