फुटबल खेल्ने कि फाईट ? अनुसासन विहीनताको नमुना

फुटबल खेल्ने कि फाईट ? अनुसासन विहीनताको नमुना

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, पुस २१ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका सोमबार भएका दुवै खेलहरु बराबरीमा सकिएका छन् ।

दशरथ रंगशालामा भएका पाँचौं चरणका खेलमा मनाङ–मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसित तथा जावलाखेल युथ क्लबले न्यूरोड टिम ९एनआरटी०सित बराबरी खेलेको हो ।  मनाङ र मच्छिन्द्रबीचको खेल २–२ गोलको बराबरीमा सकियोे । खेलको दोस्रो मिनेटमै फेमीको गोलबाट मनाङले अग्रता लिएकामा सुजल श्रेष्ठले ४६औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई बराबरीमा ल्याएका थिए ।

८१औं मिनेटमा सोमिदेको गोलबाट मच्छिन्द्रले २–१ ले अग्रता लियो । तर, ८८औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई बराबरीमा ल्याएका थिए ।  खेल सकिएपछि मैदानमै खेलाडीहरुबीच झडप भएको थियो । भिडन्त बढ्दै गएपछि प्रहरी नै मैदानभित्र जानु परेको थियो । ‘बेन्च’मा बसेका खेलाडीहरु समेत मैदानमा छिरेर विपक्षी टोलीका खेलाडीहरुमाथि प्रहार गरेका थिए । सोक्रममा मनाङका रन्जन विष्टलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । यो झडपले खेलाडीहरुमा अनुशासनको कमी देखाएको छ ।

मनाङ ११ अंकसहित पहिलो तथा मच्छिन्द्र १० अंकसहित दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब र जावलाखेलको समान ९ अंक रहेको छ ।

सोमबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेले ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ