खराब मौसमाका कारण स्थगित ए’ डिभिजन लिगको पाँचौ चरणका खेलहरु आजदेखि

खराब मौसमाका कारण स्थगित ए’ डिभिजन लिगको पाँचौ चरणका खेलहरु आजदेखि

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, पुस २१ ।
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पाँचौ चरणका खेलहरु आजदेखि हुँदैछन् । खराब मौसमका कारण दुई दिन स्थगित खेल आजबाट सुरु हुन लागेको हो ।

पाँचौ चरणका सबै खेल दशरथ रंगशालामा हुनेछ । आज दुई खेल हुनेछन् । मध्यान्ह १२ बजे न्यूरोड टिम एनआरटीले जावलाखेल युथ क्लबसंग र अपरान्ह ३ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले मच्छिन्द्र क्लबसंग खेल्नेछन् ।

चौथो चरणको समाप्तीसम्म मनाङ्ग, मच्छिन्द्र र जावलाखेल अपराजित छन् । साविक विजेता मनाङ्ग १० अंकसहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबको समान ९–९ अंक छ ।

चौथो स्थानको जावलाखेलको ८ अंक हुँदा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबको समान ७ अंक छ । लिगमा अहिलेसम्म सरस्वती युथ क्लबले मात्र अंकको खाता खोलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ