साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०९ विन्दुले बढेर एक हजार १८२।३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३।५१ विन्दुले बढेर २५५।६९ मा पुगेको छ । नेप्सेको छलाङसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर रु ७१ करोड २४ लाख २५ हजार ८२७ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहको नै शेयर बढेको छ । बैंकिङ १६।७४, व्यापार ६।३५, होटल १०।६४, विकास बैंक १९।३६, जलविद्युत् ८।६७, वित्त ३।८६, निर्जीवन बीमा ५९।२९, उतपादन २।३९, अन्य २।७७, लघुवित्त ४०।२४, जीवन बीमा ८३।६८ र सामूहिक लगानी कोष ०।०१ विन्दुले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ६२ लाख २७ हजार ३८४ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशियाको रु चार करोड ३४ लाख ४१ हजार १२८, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड २१ लख ५३ हजार ४५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड पाँच लाख ४६ हजार ६६६, हिमालयन डिस्टिलरीको रु दुई करोड ५० लाख १८ हजार ५१८, नागरिक लगानी कोषको रु दुई करोड ३२ लाख ३७ हजार ३७९ र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु एक करोड ९१ लाख २५ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९।९३ प्रतिशतले कमाए । गरिमा विकास लघुवित्त वित्तीय संस्था ९।५४, श्रीराम सुगर मिल ७।६९, सप्तकोशी डेभलपमेन्ट बैंक ७।३८, कञ्चन डेभलपमेन्ट बैंक ७।१८, सिनर्जी पावर ६।७४ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६।६० प्रतिशतले कमाए ।
यस्तै, नेपाल फाइनान्स ५।६३, कर्पोरेट डेभलपमेन्ट बैंक ५।१२, पञ्चकन्या माई हाइड्रोपावर ३।४४, सिद्धार्थ इक्विटी फण्ड २।७७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २।१३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले गुमाए ।