आठपहरिया महिला गोल्डकपको उपाधि भिडन्त आज, एपिएफ र आर्मी भिड्दै

आठपहरिया महिला गोल्डकपको उपाधि भिडन्त आज, एपिएफ र आर्मी भिड्दै

  • शुक्रबार, पुस १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

धनकुटा पुस १८ ।
धनकुटामा जारी सहिद रिदामाहाङ—रामलिहाङ आठपहरिया महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टिम आमनेसामने हुँदैछन्। आज हुने फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्दैछन्।

खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ। एपिएफ सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

आमीर्ले रौतहट फुटबल क्लबलाई ६–० को अन्तरले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो। एपिएफ सातौँ प्रधानसेनापति कपको च्याम्पियन टोली हो। यस्तै, आर्मी उपविजेता टोली हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ