पीडीओ नलिने ग्यास उद्योगीको लाइसेन्स खारेज हुने, व्यावसायीलाई ९० दिनको म्याद

पीडीओ नलिने ग्यास उद्योगीको लाइसेन्स खारेज हुने, व्यावसायीलाई ९० दिनको म्याद

  • आइतवार, पुस १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

१३ पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ ।

निगमले आज एक सूचना जारी गर्दै दर्ता गराएर पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो । ग्यास उद्योगहरूले पीडीओ लिन आनाकानी गरेपछि निगमले अनुमति रद्द गर्नेसम्मको चेतावनी दिएको हो ।

ग्यास उद्योगहरूले दर्ता भएपछि नेपाल आयल निगमको विनियम अनुसार, पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । तर, ०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माण गर्न निगमबाट अनुमति लिई निर्माणाधीन उद्योगहरूले अझै पनि पीडीओ लिएका छैनन् ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स ओगटेर बसेका कतिपय ग्यास उद्योगीले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगमाथि कडाइ गर्न लागिएको जानकारी दिनुभयो । दर्तापछि पीडीओ नलिएका उद्योग लाई पीडीआ लिन ९० दिनको समय दिइएको छ ।

‘निगमको एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) को विनियम ४ बमोजिम पीडीओ प्राप्त गर्न एलपी ग्यास उद्योगीहरूलाई सूचना गरेको निगमले तोकिएको ९० दिनभित्र पनि उद्योगहरूले पीडीओ नलिएमा अनुमति खारेज गर्ने उहाँले बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी