पीपीएलको उपाधि चितवन राइनोजले जित्यो

पीपीएलको उपाधि चितवन राइनोजले जित्यो

  • आइतवार, पुस १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, १२ पुस । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ ।

पोखरा क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

२ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो । मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पहि टिमलाई जित दिलाउन भने सकेनन् । यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए ।

चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाले समान १र१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।

दुवै ब्याट्सम्यानले समान ५०–५० रन बनाए । यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे ।

विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २र२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।

पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार हात पार्‍यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ