ए डिभिजन लिगमा आज मनाङ्ग र ब्रिगेड ब्वाइज तथा संकटा र जावलाखेल भिड्ने

ए डिभिजन लिगमा आज मनाङ्ग र ब्रिगेड ब्वाइज तथा संकटा र जावलाखेल भिड्ने

  • बिहिबार, पुस १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, पुस १० । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुनेछन् ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा मध्यान्ह १२ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग भिड्दा दशरथ रंगशालामा अपरान्ह ३ बजे संकटा क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।

यसअघि हिजोको खेलमा फ्रेन्ड्स क्लबलाई ३(० ले पराजित गर्दै मच्छिन्द्र क्लब लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

मच्छिन्द्रलाई विजयी गराउन पिटर सेगुन, सोमिदे एड्लाजा र रेजिन शुब्बाले एक एक गोल गरे । दशरथ रंगशालामै भएको अर्को खेलमा एनआरटीले च्यासल युथ क्लबलाई २÷१ ले पराजित र्गयो ।

एनआरटीका लागि जुनियर निकेनगुइन र दर्शन गुरुङ्गले एक एक गोल गरे । च्यासलका लागि खेलको इन्जुरी समयको अन्तिम क्षणमा अमिर श्रेष्ठले गोल गरे ।

हिजोका खेलहरुपछि लिगको अंक तालिकामा ३ खेलबाट ६ अंक जोडेको मच्छिन्द्र गोल अन्तरका आधारमा मनाङ्ग मस्र्याङ्दी क्लबलाई पछाडि पार्दै शीर्ष स्थानमा पुगेको छ ।

त्यस्तै एनआरटी ४ अंकसहित च्यासल, जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबलाई गोल अन्तरमा पछाडि पार्दै तेस्रो स्थानमा पुगेको छ ।

दुई जित हासिल गरेको भए पनि गत लिगमा पुछारमा रहेर दुई अंक गुमाएकाले एनआरटीको ४ अंकमात्र भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ