ए डिभिजन लिग फुटबलमा आजबाट तेस्रो चरणका खेलहरु हुँदैं

ए डिभिजन लिग फुटबलमा आजबाट तेस्रो चरणका खेलहरु हुँदैं

  • बुधबार, पुस ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, पुस ९ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् । तेस्रो चरणको पहिलो खेलमा उपाधि दावेदार मानिएको मच्छिन्द्र क्लवले फ्रेण्ड्स क्लबको सामना गर्नेछ ।

यो खेल मध्यान्ह १२ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ । आजै हुने दोस्रो खेल दशरथ रंगशालामा अपरान्ह ३ बजे च्यासल युथ क्लब र एनआरटीबीच हुनेछ ।

च्यासलका खेलाडी सन्तोष साहुखल आजको खेलमा गोल गर्दै ए डिभिजन लिगमा आफ्नो गोल संख्या सय र्पुयाउन चाहन्छन् ।

यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले जारी ए डिभिजन लिग फुटबलमा दर्शक बढाउन विभिन्न पुरस्कार योजना ल्याएको छ ।

दर्शकहरुका लागि ल्याइएको पुरस्कार योजनामा राष्ट्रिय टिमको जर्सी प्राप्त गर्नेदेखि नेपाली खेलाडीहरुसंग खेल हेर्न विदेश भ्रमणमा जानेसम्मको अफर रहेको छ । एन्फाले हिजो पत्रकार सम्मेलन गरी हरेक चरणको खेलको समाप्तिपछि पुरस्कार बाँड्ने जनाएको छ ।

दुई सय रुपैयाँको टिकट काट्ने २० जनालाई आकर्षक पुरस्कार र पाँच सयको टिकट काट्ने ५ जनालाई राष्ट्रिय टिमको जर्सी प्रदान गरिने छ ।

तेस्रो चरणदेखि १३ औं चरणसम्म दुई सय ७५ जना पुरस्कृत हुने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगिता सकिएपछि दुई जनाले राष्ट्रिय फुटबल टिमसंग विदेश भ्रमणको अवसर पाउने एन्फाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ