चार फुटबल खेलाडीमाथिको प्रतिबन्ध घट्यो

चार फुटबल खेलाडीमाथिको प्रतिबन्ध घट्यो

  • बुधबार, पुस ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, पुस ९ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ ।

एन्फाको अनुशासन समितिले मंगलबार विमल घर्ती मगरसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो ।

उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारैजना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए । एन्फाले चारै खेलाडीमाथि ५० हजार जरिवानासमेत गरेको थियो ।

प्रतिबन्धपछि उनीहरुले नेपालमा आयोजना गरिएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो ।

अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ