पिपीएल क्रिकेटः  चितवनको चौथो जीत

पिपीएल क्रिकेटः  चितवनको चौथो जीत

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पाेखरा, ६ पुस ।
पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ९पिपीएल० टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।

हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । विजयीका लागि १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रनमात्र जोड्यो ।

आठौँ क्रममा विराटनगरको इनिङ्स सम्हाल्न आउनुभएका लोकेस बमले ३६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रनको अर्धशतक प्रहार गर्नुभए पनि टोलीलाई जिताउन पर्याप्त रहन सकेन । पुनित मेहराले २६ बलमा २४ तथा नोमान खानले १६ बलमा १८ रन जोड्नुबाहेक विराटनगरका अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।

चितवनका करण केसी र भुवन कार्कीले समान तीन÷तीन, रोहन मुस्ताफाले दुई र सन्नी पटेलले एक विकेट लिनुभएको थियो । चितवनका आरिफ शेख अविजित रहँदै २३ बलमा ३९ तथा शुरुआती व्याट्सम्यान एवं टोलीका कप्तान पारस खड्काले ३८ बलमा ३५ रन जोड्नुभयो । सन्नी पटेल नटआउट आठ बलमा २७ तथा बाबर हायातले ३१ बलमा २५ रन जोड्नुभएको थियो ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहमद जैद आलमले समान एक÷एक विकेट लिनुभएको थियो । चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ भने काठमाडौँ गोल्डेन वारियर्स बुटवल ब्लास्टर्सको समान चार अङ्क छ ।

विराटनगर, पोखरा पल्टन र एक्सपर्ट धनगढीको समान दुई÷दुई अङ्क छ । आजको दोस्रो खेलमा बुटवल र धनगढीले स्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुने कार्यक्रम छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ