इंग्लीश प्रिमियर क्लब लिभरपुललाई उपाधि

इंग्लीश प्रिमियर क्लब लिभरपुललाई उपाधि

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी, पुस ६ ।
इंग्लीश प्रिमियर क्लब लिभरपूलले यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको दोहामा गएराति भएको फाइनल खेलमा ब्राजिलियन फुटबल क्लब फ्लेमेङ्गोलाई १–० ले हराउँदै लिभरपुलले उपाधि उचालेको हो ।

खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी रोवर्टो फर्मीनोले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धा्रित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको यो पहिलो अवसर हो । गत सिजन युरोपियन च्याम्पियन्स लिग फुटबल जितेबापत लिभरपुलले क्लब विश्वकप खेल्न पाएको हो ।

हरेक वर्ष आयोजना हुने क्लब विश्वकप फुटबलमा फिफाका विभिन्न ६ वटा क्षेत्रीय महासंघका क्लब च्याम्पियनहरुले सहभागिता जनाउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ