कुलमान घिसिङको प्रतिबद्धता -कर्णालीलाई ३ वर्षभित्र उज्यालो पार्ने छौं

कुलमान घिसिङको प्रतिबद्धता -कर्णालीलाई ३ वर्षभित्र उज्यालो पार्ने छौं

  • शनिबार, पुस ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

सुर्खेत ५ पुस ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीलाई प्राधिकरणमा ध्यान लगाएर काम गर्न निर्देशन दिनुभएको छ । आज कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरसँग कार्यसम्पादन सम्झौता गर्दै घिसिङले यस्तो निर्देशन दिनुभएको हो ।

वितरण केन्द्रलाई स्रोतसाधन सम्पन्न बनाउन बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउँदै उहाले वित्तीय अनुशासनमा रहेर कार्यालयको खर्चमा मितव्ययी बन्न, जथाभावी रुपमा सामान खरिद नगर्न केन्द्र, लेखा र स्टोर प्रमुखलाई निर्देशन दिनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई कर्णालीे प्रदेश डिभिजन कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग डिभिजन कार्यालय प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखले सम्झौता गर्नुभएको छ ।

कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी केन्द्र प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ ।

घिसिङले विगतका वर्षमा विद्युत् प्राधिकरणका कर्मचारीले वैशाख र जेठमा कोटेसनमार्फत काम गराउने सम्झौता भएकाले छानबिन भइरहेको बताउनु भएको छ । कार्यकारी निर्देशक घिसिङले कर्णालीलाई ३ वर्ष्भित्र उज्यालो पारिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी