पुस ३, काठमाडौं ।
प्यासिफिकएशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको नयाँ अध्यक्षमा हिमालयन होलिडेज ट्रेकिङ्गका संस्थापक विभूति चन्द ठाकुर चयन भएका छन् ।
काठमाण्डौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न पाटाको ४३ औ बार्षिक साधारण सभाले ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । ‘डिजाइन थिङ्कििङ्ग–क्रिएटिङ्ग लाइफ टाइम एक्सपेरिएन्सेस इन नेपाल’भन्ने मूल नाराकासाथ बार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष ठाकूरले पाटा नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउदै आगामि दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरु संग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा आफुले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उहाँले नेपाल सरकारको समृृृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पर्यटन मार्फत उजागर एवम् सार्थक बनाउने अभियानमा पाटाले नवीनतम बजारीकरणको अभ्यासहरु, मानव संशाधन विकास र पर्यटन स्रोतको खोज पहिचान र ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण’ मा आफ्नो कार्यदिशा अगाडी बढाउनुका साथै पूर्वाधार विकास, पर्यटन सम्बन्धी नीतिगत सुधार र हवाई क्षेत्र तथा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सवलीकरण जस्ता पक्षमा अफ्नो वकालत अगाडि बढाउने कार्यलाई प्राथमिकता दिने बताउनुभयो ।
नवनिर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपालपर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष टङकनिधि दाहाल (नेपालवायुसेवानिगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन ।

त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजनपोखरेल (नागरिक उड्यनप्राधिकरण), कृष्ण गोपाल जोशी (नेपाल वायुसेवा निगम), र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेशनल कलेज),टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपाल भ्याकेसन) र रामबाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन ।
पाटा नेपालले कार्यसतिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल –प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जय भक्त माथेमा –एसडियू ट्राभल), पृथ्वी श्रेष्ठ (नेपाल खाजे ट्राभल) र कूलप्रसाद सुवेदी –हिमालयन स्माइल ट्रेक्स) सहित बैकल्पिक पदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ ।
कार्यक्रमको औपचारिक समारोहबीच वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाली पर्यटन क्षेत्रमाप्रखर वक्ता, स्वच्छ छवि र निष्ठावान एवम् बहुमुखीप्रतिभा भएका व्यक्तित्वको रुपमा चिरपरिचित रवीन्द्रराज पाण्डेलाई लामो समयदेखि आवद्ध रही निरन्तर रुपमा पर्यटन क्षेत्रमा पू¥याएको अतुलनीय योगदान तथा सामाजिक कार्यहरु प्रतिको समर्पणको उच्च मूल्याङ्कन गदै “पाटा पर्सनालिटी अफ द ईयर २०१९” अवार्डद्धारा सम्मानित गरियो ।
त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्या¥टरहरु मध्ये मिड भ्याली इन्टरनेश्नल कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कार समेत प्रदान गरेको छ ।
साथै पाटा सचिवालयमा २३ वर्षे लामो सेवा पु¥याएर अवकास लिनुभएकी कर्मचारी मिना खड्का र पाटान नेपाल स्टुडेन्ट च्याप्टरमा आवद्ध विद्यार्थी सगरमाथा आरोही निसा भोटेलाई समेत सम्मान एवम् कदरपत्र प्रदान गरिएको थियो ।
निर्वतमान अध्यक्ष सुनील शाक्यले आफ्नो दुई वर्षे कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउनु हुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई घन्यवाद ज्ञापन गर्दे नेपालको दिगो पर्यटन विकासकालागि सबै एकभई कार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले भ्रमण वर्षको महाअभियानलाई अबिचलित रुपमा सफलपार्न पर्यटन बोर्डका सिइओ जोशीको कार्यकाल कम्तिमा भ्रमण वर्ष अवधिभरका लागि पदावधि थप्न आवश्यक रहेको बताउदै पर्यटनमन्त्री, सरकारी तथा निजी क्षेत्रमा संलग्न सरोकारवालाहरुलाई अपिल गर्नुभयो ।
साधारण शभालाई सम्बोधन गर्दै, पाटा अन्तर्राष्ट्रिय का सिईओ डा मरिओ हार्डीले पाटा नेपाल च्याप्टर को सकृयएवमप्रभावकारी कार्यहरु को प्रशंशा गर्दै “हार्र्नेेिसङ ग्लोबल टुरिजम अपर्चुनिटिज”शिर्शकमा प्रस्तुतिकरण पेश गर्नु भयो ।
उहाँले बर्ष २०२० का लागी पाटाले “कोलाबोरेशन फर टुमरो“ मूल नारा लाई दिगो पर्यटन बिकासका लागी रणनीतिक आभियनलाई आत्मसाथ गरेको बताउँदै नेपालले बढी भन्दा बढी सहकार्य तथा साझेदारीमा जोड दिनुका साथै आधिक्तम देशहरुका पर्यटकहरुका लागि भिजा एवम अन्य यात्रा सम्बन्धित औपचारिक प्रकृयाहरुलाई सहज पार्नु पर्ने सुझाव ब्यक्तगर्नु भयो ।
पाटा नेपालका प्रथम उपाध्यक्ष तथा नेपाल पर्यटन बोर्डको सिईयो दीपकराज जोशीले सुनिल शाक्यको अध्यक्षतामा पाटा नेपाल च्याप्टरले एक सफल एवम उपलव्धिपूर्ण कार्यकाल सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्दै नेपाल पर्यटन बोर्ड निजी क्षेत्र संग सहकार्य र समन्वय गरी सम्भावित नयाँ गन्तव्यहरुको विकास तथा पर्यटन प्रवधर्न र विकासका लागि हरेक किसिमका कार्यहरु गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा आमन्त्रित प्रमुख वक्ता स्टु लियोडले नेपालको पर्यटन संवन्धि व्यावसायी तथा सरोकारवालाहरुले आफ्ना अतिथि पर्यटकहरुलाई लाईफटाईम एक्सपिरियन्स प्रदानगर्न अपनाउनु पर्ने डिजाई थिङकिङ अभ्यासहरुकावारेमा प्रस्तुतिकरण पेश गर्नुभयो । उहाँले नेपाललाई लाईफटाईम एक्स्पिरियन्सको गन्तव्यको रुपमा स्थापित गर्न आवश्यकपक्षहरु जस्तै दुविधारहित अध्यागमन प्रकृयाहरु प्रदान गर्ने, भ्रमण वर्ष २०२० सम्वन्धी अन्तर्राष्ट्रिय तवरमा व्यापक सुचना प्रवहा गर्ने लगायत पर्यटकहरुलाई सुरक्षित वातावरणमा स्थानिय कला संस्कृतिको अनुभव प्रदान गराउने आदी कार्यकरुबारे ध्यानकार्षण गराउनु भयो ।

भ्रमण वर्ष कार्यक्रम संयोजक सुरज वैधले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदिै पाटाले निरन्तर रुपमा भम्रण वर्ष अभियानप्रति प्रस्तुत गरेको सहकार्य र सहयोगको लागि कृतज्ञता व्यक्तगर्नु भयो । पाटाको सहकार्यमा आयोजना गरिने नाईस कार्यक्रम र त्रिभूवनअन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन विधार्थीहरुलाई स्वयम सेवकको रुपमा परिचालनगर्ने कार्यक्रम भ्रंमण वर्ष सफल बनाउन महत्वपूर्ण हुने पनि उहाँले बताउनु भयो ।