नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न सक्दैन:  अर्थमन्त्री

नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न सक्दैन:  अर्थमन्त्री

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, पुस ३ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताउनु भएको छ । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने उहाँले बताउनुभयो ।

आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो समस्या रहेको बताएका थिए । जबाफमा मन्त्री खतिवडाले अब नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न नसक्ने बताउनु भएको हो ।

ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल्वे परियोजनाका धेरै काम अगाडि बढ्ने क्रममा रहेको भन्दै मन्त्री खतिवडाले अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदबाट पनि सहयोग चाहिने बताउनुभयो ।

आयोजनालाई प्राथमिकीकरण गर्न नसक्दा बजेट खर्च कमजोर रहेको उहाँले स्वीकार गर्नु भयो । सरकार अर्थतन्त्रको संरचनामै परिवर्तन गर्ने क्रममा रहेका कारण त्यसको साइड इफेक्ट अर्थतन्त्रमा देखियको उहाँको भनाइ छ ।

खासगरी निर्यात वृद्धि गर्दै आयातमुखी अर्थतन्त्रबाट नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढ्ने क्रममा रहेका कारण अहिले केही समस्या देखिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । आर्थिक वर्षको पहिलो ५ महिना सकिँदा ९ प्रतिशत मात्र पुँजीगत खर्च रहेको सन्दर्भमा समितिले आज बिकासे मन्त्रालयसँग छलफल गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी