पिपीएल : विराटनगर विजयी

पिपीएल : विराटनगर विजयी

  • बुधबार, पुस २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पिपीएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले पोखरा पल्टनलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा विराटनगरले पोखरालाई ४५ रनले हराएको हो ।

विराटनगरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १९ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । पोखराका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले २४ तथा आसिफ शेखले १३ रन बनाए । बलिङतर्फ विराटनगरका किशोर महतोले तीन तथा जयद आलम र जितेन्द्र मुखियाले दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्दै विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहराले अविजित ६१ रनको योगदान दिए । उनले २६ बलमा चार छक्का तथा पाँच चौका हाने । सुनिल धमलाले ३६ तथा मोहमद जायद आलमले २६ रन बनाए । बलिङतर्फ पोखराका कप्तान शरद भेषवाकरले दुई विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ