राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुआत गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए । उनले खेलको २८औँ तथा ३४औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विमल भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ । खेलको प्रारम्भदेखि नै मनाङले एपीएफलाई दबाबमा राखेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline