शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पहिलो चरणका खेलहरु आज सकिंदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पहिलो चरणका खेलहरु आज सकिंदै

  • बुधबार, पुस २, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पहिलो चरणका खेलहरु आज सकिंदैछन् ।

आज दुई खेल भएपछि पहिलो चरणका खेलहरु सकिनेछन् । आज दावेदार थ्री–स्टार क्लबले आफ्नै शहरको प्रतिद्वन्द्वी जावलाखेल युथ क्लवसँग खेल्नेछ ।

यो खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा मध्यान्ह साढे १२ बजे सुरु हुनेछ ।

आजै दिसो साढे दुई बजे दशरथ रंगशालामा मनाङ मस्र्याग्दी क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्नेछन् ।

उता न्युरोड टिम एनआरटीले जारी लिगमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४(० को फराकिलो अन्तरले हराएको हो ।

एनआरटीका लागि सरोज तामाङले दुई तथा जुनियर ओन्गुएन र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।

हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ