धनगढी, पुस १ ।
पोखरामा जारी पोखरा प्रिमियर लिगमा सहभागी सुदुरपश्चिम प्रदेशको एक्सपर्ट धनगढी ब्लुजको समर्थनमा धनगढीमा ¥याली निकालिएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको आयोजनामा टीमका समर्थकहरुले टीमलाई हौसला वढाउन ¥याली निकालेका हुन् । धनगढीको क्याम्पसरोडदेखि सुरु भएको ¥याली धनगढी चौराह हुँदै फेरि क्याम्पसरोडमा पुगेर समापन भएको थियो । कञ्चनपुरका दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजले आफ्नो पहिलो खेलमा जित हात पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline