रिाटनगर, पुस १ विराटनगर । प्याब्सन विराटनगर समितिले आयोजना गरेको ‘विराट कप फूटबल टुर्नामेन्ट’ को उपाधि एभरेष्ट बोर्डिङ्ग स्कूलले हात पारेको छ ।
मंगलबार सहिद मैदानमा भएको फाइनल खेलमा डनबस्को स्कूललाई सडनडेथमा ५–४ गोलले पराजित गरि एभरेष्टले उपाधि हात पारेको हो ।
खेल बराबरीमा गएपछि टाईब्रकेरमबाट निर्णयमा पुग्न कोशिस गरिएको थियो । त्यसमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथबाट छिनोफानो भएको थियो ।
जितको लागि एभरेष्ट स्कूलको तर्फबाट सलिम चौधरी, रोमन गिरी, यूइ भट्टराई, नविन न्यौपाने र डि खनालले गोल गर्नु भएको थियो । एभरेष्ट स्कूलले उपाधिसँगै सुन र चाँदी जडित आकर्षक शिल्ड प्राप्त गरेको छ ।
डनबस्को तर्फबाट एपेक्स राजवंशी, अरुण राजवंशी, ढोगराज भूजेल र क्रिस केसीले गोल गर्नु भएको थियो । दिपनारायण चौधरी, प्रशेष थापा र पारस राजवंशीले गोल गर्न चुक्दा उपबिजेतामा चित्त बुझाउनु प¥यो ।
फाइनल खेलको म्यान अफ द फाइनल डनबस्कोका दिपनारायण राजवंशी तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी एभरेष्ट स्कूलका सलिम चौधरी घोषित भए । त्यस्तै प्रतियोगिताको अनुसाशित टिम गोदावरी बोर्डिङ स्कूल घोषित भयो । प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।