पुस १, काठमाडौं ।
आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता भोली बुधबारदेखि हुने भएको छ।
बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
बास्केटबलको सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा ११ र गल्र्समा १३ टिमको सहभागिता रहने छ।
फुटबलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले भाग लिने छन्। फुटबल फाइभ ए साइड स्वरुपमा हुने छ।
गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो। फुटबलको यु–१२ ब्वाइजमा एक्सेल्सियर र यु–१६ ब्वाइजमा त्रिनेत्र तथा बास्केटबलको जुनियर ब्वाइजमा र सिनियर ब्वाइज दुवैमा रेडिअन्ट पब्लिक स्कुल र गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन्।
पुस ११ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुने छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline