नेपाल वायुसेवाले चीनको ग्वान्झाउ र जापानको नारितामा उडान गर्ने

नेपाल वायुसेवाले चीनको ग्वान्झाउ र जापानको नारितामा उडान गर्ने

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मंसिर २९ काठमाण्डौं । नेपाल वायुसेवा निगमले जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको दोश्रो साता उडान शुरु गर्ने गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय बृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे निगमको विस्वास छ ।
निगम सञ्चालक समितिको मंसीर २६ गते बसेको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने निर्णय गरेको थियो ।
यी दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए३३० वाइडवडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने छन् ।
यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर,मुम्वई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुने निगमका सह प्रवक्ता सुलेख मिश्रले बताए ।
निगमसँग हाल दुई ए ३२० न्यारोवडी र दुई ए ३३० वाइडवडी विमानहरु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी