विराटनगर मंसिर २९ । विराटनगर महानगरपालिकामा तेस्रो संस्करणको विराट फुटवयर एक्स्पो २०७६ हुदै छ । जैन भवनमा आउँदो पुस १ गतेदेखि विराट फुटवयर एक्स्पो हुने आयोजक समितिले जनाएको छ ।
नेपाल जुत्ताघर प्रालिको आयोजनामा हुन लागेको उक्त एक्स्पोमा ६ ब्राण्डका चुत्ता, चप्पलहरू हुने छ । आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरि एक्स्पोको तयारी भएको जानकारी गरायो ।
नेपाली जुत्ताको प्रवद्र्धन र ब्राण्डीङ्ग गराउने मुख्य उद्देश्यले एक्स्पो आयोजना गरिएको फुटवयर एक्स्पोको संयोजक होमनाथ उपाध्ययले बताए । ‘फुटवयर एक्स्पोमा एकै थलोमा थरि–थरिका जुत्ता, चप्पलहरू रहन्छ । नेपाली चुत्ताको प्रर्वद्धन गरि आयतलाई प्रतिस्थापन गरिनु हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने, ‘त्यही अनुरूप फुटवयर एक्स्पो आयोजना गरिएको हो ।’ यस अघि काठमाण्डौं, पोखरला, बुटवललगायतको शहरमा एक्स्पो आयोजना गरिसकेको उपाध्ययले जानकारी दिए ।
१ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा राखिएको एक्स्पोमा ५० हजार जुत्ताको कारोबार हुने आयोजको लक्ष्य छ । एक्स्पो अवधिभरी १ करोड ५० लाखको कारोबार गरिने लक्ष्य राखिएको संयोजक उपाध्ययले बताए । ‘हामीले १५ दिनसम्म एक्स्पो लगाउने तयारी गरेका छौं,’ उनले भने, ‘ग्राहकको माग र कारोबार बढेको खण्डमा एक्स्पो लम्बिन पनि सक्दछ ।’ एक्स्पोमा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शुल लैण्ड, लैण्ड वाक र हाइ लाईप सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल रहनेछ । मेलामा ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिनेछ ।
१ सय रुपैयाँको चप्पल देखि १० हजार रुपैयाँ मुल्य सम्मका जुत्ता रहेको संयोजक उपाध्ययले जानकारी दिए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बताइएको छ । ‘जुत्ता चप्पल हेरेर एक्स्पोमा छुटको योजना ल्याएको छ,’ उनले भने,’ जुत्तामा छुट योजना मेला अवधिभरी रहनेछ ।’ यो एक्स्पोको उद्घाटन १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदिशप्रसाद कुसयतले गर्नेछन् ।
नेपाल जुत्ता घरको अध्यक्ष समेत रहेका उपाध्ययका अनुसार सन् २०२० सम्मा ४ करोड ५० लाख जोड जुत्ता उत्पादन गरिने लक्ष्य राखिएको बताए । ३ करोड जुत्ता उत्पादन भइरहेकोले आगमी वर्ष १ करोड ५० लाख वृद्धि गरि वार्षिक १ करोड २० लाख जुत्ता निर्यात गरिने लक्ष्य रहेको उनले बताए ।