मेचीमहाकाली रेलवे अन्तर्गत काकडभिट्टा देखि विराटनगर हुदै ईनरुवा सम्ममा मात्रै एक खर्ब ३५ अर्ब लाग्ने अनुमान

मेचीमहाकाली रेलवे अन्तर्गत काकडभिट्टा देखि विराटनगर हुदै ईनरुवा सम्ममा मात्रै एक खर्ब ३५ अर्ब लाग्ने अनुमान

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

मङ्सिर २९ विराटनगर । सरकारले निर्माण गर्न लागेको मेची–महाकाली रेलवे आयोजना अन्र्तगत इनरुवा– काकडभिट्टा र इटहरी–विराटनगर रेलवे लिंकको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सार्वजनिक भएको छ ।
मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काकडभिट्टाको १२६.७५ किमीको ईआईए, सेवा तथा प्रभावित क्षेत्र भित्रका नागरिकबीच सार्वजानिक सुनुवाईका क्रममा सार्वजनिक गरिएको हो ।
इनरुवा–काकडभिट्टा दुरीको १०६.५९ किलोमिटर र इटहरी–विराटनगर २०.१६ किलोमिटर लिंक रेलवे अन्तर्गत इनरुवा–काकडभिट्टा क्षेत्रमा दशवटा रेलवे स्टेसन र इटहरीको खनार विराटनगर अन्तर्गत हात्तिम्ुढामा एउटा रेलवे स्टेसन रहने छ ।

दोहा इन्जिनियरिङ कम्पनि लि. जेभी कोरिया रेल नेटवर्क अथोरिटी सोसुङ्ग र सिल्ट कन्सल्ट प्रा.लि.ले तयार गरेको इआईएमा २०० किमीप्रतिघण्टा स्पिडमा गुड्ने बिद्युतीय रेललाई २५ मिटर दाँयाँ–बाँया जग्गा अधिग्रहण गर्नु पर्ने छ ।
रेलमार्ग विस्तारका लागि ६३५.७७ हेक्टर जमिन आवश्यक पर्ने साना र ठूला गरि ३४ वटा पुल, २८५ प्रकारका प्राकृतिक नालाको क्रसिङ, पैदल यात्री तथा चौपायाका लागि सुरक्षित तीनसय पासिङ कल्भर्ट निर्माण गर्नु पर्ने आवस्यकता औल्याईएको छ ।
यसै गरी यो लिंक क्षेत्रमा पर्ने ८ हजार चार सय ३० वटा रुख पनि काट्नु पर्ने वातावरण विज्ञ एवं परामर्शदाता कम्पनिका प्रतिनिधि रिकेश चित्राकारले जानकारी दिनुभयो ।
आयोजनाको सम्पूर्ण कामका लागि करीब एक खर्ब ३५ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी