‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित, मैदान नभएपछि खेल हुन सकेन

‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित, मैदान नभएपछि खेल हुन सकेन

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, मंसिर २९ ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।

लगातारको वर्षाले दशरथ रंगशाला खेल खेलाउन समस्या भएपछि आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।

त्यसैले आज हुने भनिएका लिगका खेलहरु भोलिको लागि सारिएको हो । भोली दिउसो साँढे १२ बजे एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ भने साँढे दुई बजे दशरथ रंगशालामा संकटा क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।

उता मच्छिन्द्र क्लबले नयाँ सिजनको ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । हिजो भएको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हराएको हो । मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे ।

राष्ट्रिय टिमका आधा दर्जन खेलाडीसहित मैदानमा उत्रिएको मछिन्द्रले खेल अवधिभर नियन्त्रण जमाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ