पोखरा, २९ मंसिर ।
पोखरामा आजदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरु्र हुँदै छ । उद्घाटन खेलमा आज साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगीता आगामी पुस १२ गतेसम्म सञ्चालन हुने छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।
‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीको सहभागिता रहेको छ ।