खेलाडीलाई रोजगारी पनि दिनु पर्छः सिंह

खेलाडीलाई रोजगारी पनि दिनु पर्छः सिंह

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मंसीर २८ काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताएका छन् । यद्यपि १३ औं सागमा पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई सरकारले नगद पुरस्कारका साथै शहर परिक्रमा गराएर सम्मान गरेकोमा उनले खुसी व्यक्त गरे ।
१३ औं सागमा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई शनिबार आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले खेलाडीको मनोबल उकास्ने काम गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ।
उनले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव दिए ।

बिश्वमा खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि रोजगारीको ब्यवस्था गर्ने गरेको उदाहरण छ, अब हामीले पनि यतातर्फ सोच्नु पर्छ, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने । कराँते महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा १३ औं सागमा पदक जितेका कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ