सागका पदक बिजेता खेलाडीलाई आज उपत्यकाका तीन शहर परिक्रमा गराईने

सागका पदक बिजेता खेलाडीलाई आज उपत्यकाका तीन शहर परिक्रमा गराईने

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौं मंसीर २७ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १३ औँ दक्षिण एसियाली खेलकुद साग मा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ ।

पदक विजेतालाई काठमाडौँ, भक्तपुर र ललितपुरमा विभिन्न स्थानको परिक्रमा गराउने कार्यक्रम तय गरिएको छ । नगरपरिक्रमा बिहान ११ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ ।

त्यसपछि न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोवाटो, कोटेश्वर, जडिबुटी, नयाँ ठिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम पछि पुनः सल्लाघारी, नयाँ ठिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।१३ औँ सागमा समावेश विभिन्न २६ खेलमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य पदक जितेको थियो । नेपाल पदक तालिकामा दोस्रो भएको थियो ।

पदक विजेता खेलाडीलाई सरकारले भर्खर पुरस्कार राशीको घोषणासमेत गरिसकेको छ । सरकारले स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र काँस्यलाई तीन लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख र टीम स्पर्धामा स्वर्ण विजेतालाई जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा सरकारले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ