नेपालले जित्यो पुरुष फुटबलको स्वर्ण पदक, १३औं सागमा नेपालकाे ५१ वटा स्वर्ण

नेपालले जित्यो पुरुष फुटबलको स्वर्ण पदक, १३औं सागमा नेपालकाे ५१ वटा स्वर्ण

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, मंसिर २४ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत् पुरुष फुटबलको स्वर्णपदक नेपालले जितेको छ । मंगलबार अपराह्न दशरथ रंगशालमा सम्पन्न फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्णपदक जितेको हो । सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।

नेपाललाई लगातार दोस्रोपटक स्वर्णपदक दिलाउनेक्रममा खेलको १७औं मिनेटमा अभिषेक रिजालले तथा ५४औं मिनेटमा सुनील बलले एक/एक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको ३७औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल गरेका थिए ।

लिग चरणमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो । नेपालले स्वर्णपदक जित्दा पहिलोपटक फाइनल खेलेको भुटानले ऐतिहासिक रजत जितेको छ । योसँगै नेपालले १३औं सागमा ५१ ओटा स्वर्णपदक जितेको छ । यो अहिलेसम्मकै सागको इतिहासमा नेपालको उत्कृष्ट प्रदर्शन हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ