क्रिकेटमा नेपालले जित्यो काश्य पदक, महिला फुटबलमा रजत

क्रिकेटमा नेपालले जित्यो काश्य पदक, महिला फुटबलमा रजत

  • सोमवार, मंसिर २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं २३ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । आज माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे । नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।

महिला फुटबलः नेपाललाई पुनः रजत

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदक जितेको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो ।

भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् । महिला फुटबलमा नेपाल पुनः स्वर्ण जित्न असफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ