अन्तरविद्यालय नृत्य प्रतियोगीताको उपाधि ओम शान्ति एकेडेमिलाई,विद्यालय परिवार बाट धुर्रमुस सुन्तलि फाउण्डेसनलाई २ लाख सहयोग

अन्तरविद्यालय नृत्य प्रतियोगीताको उपाधि ओम शान्ति एकेडेमिलाई,विद्यालय परिवार बाट धुर्रमुस सुन्तलि फाउण्डेसनलाई २ लाख सहयोग

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

चितवन र नारायणगढमा भएको अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधी ओम शान्ति एकाडेमी हात पारेको छ ।
लिटिल फ्लावर स्कुल नारायणगढले आयोजना गरेको अन्तरविद्यालय नृत्य प्रतियोगितामा नगद पुरस्कारसहित ओमशान्ती एकाडेमीले उपाधि जितेको हो । चितवन, नवलपरासी, तनहु, रुपन्देही, गोरखाका गरी ४० विद्यालयका बालबालिकाहरु प्रतियोगितमा सहभागी भएका थिए । नृत्य प्रतियोगितामा एसओएस बालग्राम भरतपुर दोस्रो र बालकुमारी इङलिस स्कुल नारायणगढ तेस्रो भएको विद्यालयका स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिनु भयो ।


प्रथम हुनेले ३० हजार नगद, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद र ट्रफी पाएका छन् । सहभागी विद्यालयलाई सम्मान पत्र दिइएको छ । विद्यालय बिच हुने यस्ता प्रतियोगिताले आन्तरिक प्रतिभाको उजागर गर्ने आयोजक विद्यालय लिटिल फ्लावर स्कुल नारायणगढका प्राचार्य रविले बताउनु भयो ।
नृत्यु प्रतियोगितामा राष्ट्रियता, नेपाली कला सस्कृति, नेपाली भेषभुसा, महिला अधिकार, हिंसा, नेपाली भूमि अतिक्रमणमा परेको अवस्थालगायतको विषयलाई समेटेर प्रतुती गरिएको थियो । नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा लिटिल फ्लावर स्कुल गोरखपुरका फादर लोनी केलेली, गायिका तारा थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जवहारलाल प्रधानले मन्तव्य राख्नु भएको थियो ।


हाँस्य कलाकार धुर्रमुस (सिताराम कट्टेल) लाई चितवनमा रेडकार्रपेट सहितको सम्मान गरिएको छ । चितवनको नारायणघढमा रहेको लिटिल फ्लावर स्कुलले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगीताको उद्घाटन सत्रमा कलाकार धुर्रमुसलाई रेडकार्पेट सहित सम्मान गरिएको छ ।
चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशालाल निर्माणमा लागीपरेका कलाकार धुर्रमुस सुन्तलि फाउण्डेशनलाई लिटिल फ्लावर विद्यालयका विद्यार्थि भाई बहिनी, शिक्षक परिवारबाट संकलित रकम रु २ लाख नगद सहयोग उपलब्ध गराईएको विद्य्यालयका प्रिन्सिपल रोवि के.यु ले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी