रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो

रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ६ मंसिर । चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन–असोज) मा रेमिट्यान्स घटेको राष्ट्र बैंकले जनाएको छ ।
बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ।
गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो। मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब बढ्ने सम्भावना कम भएको भन्दै यसरी चार्डपर्वको मौसममा पनि रेमिट्यान्स घट्नुको कारण खोजिरहेको व्यवसायी बताउँछन्।

राष्ट्र बैंकको तथ्यांकले पेट्रोलियम पदार्थ, मेसिनरी र पार्टपूर्जा तथा विद्युतीय उपकरणको आयात खुम्चिएको देखाएको छ। यस्तै कच्चा पाम तेल, स्टिलका पाता, कच्चा फलाम (बिलेट) , यातायात उपकरण र पार्टपूर्जाको समेत आयात घटेको छ। पेट्रोलियम, मेसिनरी र औद्योगिक कच्चापदार्थको खपत घट्नुलाई अर्थतन्त्र संकुचनको बलियो आधार मानिन्छ। सरकारी अधिकारीले अर्थतन्त्रको विस्तार नघट्ने जिकिर गरिरहँदा केन्द्रीय बैंकको तथ्यांकले यस्तो देखाएको छ।

मूलतः आयातमा निर्भर नेपाली अर्थतन्त्रमा उपभोग्य वस्तु बाहिरी विश्वबाट भियाउने क्रम सुस्ताएको तथ्यांकले देखाउँछ। गएको साउनदेखि असार मसान्तसम्म ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको वस्तु आयात भएको राष्ट्र बैंकको तथ्यांक छ। यो गतवर्षभन्दा ३८ अर्ब ६४ करोड रुपैयाँ ९१०।३ प्रतिशत० कम हो। मुद्रा प्रदायको विस्तार कम भएको तथ्यांकले पनि आर्थिक गतिविधि कमजोर भएको संकेत गर्छ।

यसबीचमा निर्यात भने केही बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। यही तथ्यांकलाई आधार मानेर राष्ट्र बैंकले ‘आर्थिक क्रियाकलाप विस्तारको प्रवृत्तिले निरन्तरता पाउने देखिएको’ उल्लेख गरेको छ। ‘मुद्रास्फीतिमा केही दबाब देखिएता पनि वाह्य क्षेत्र स्थायित्वमा सुधार देखिएको छ’, मौद्रिक नीति समीक्षा प्रतिवेदनमा भनिएको छ। तर पछिल्लो तीन महिनाको तथ्यांकले राष्ट्र बैंकको यो तर्कलाई समर्थन गर्दैन। गएको तीन महिनामा नेपालले सामान निर्यात गरेर कमाएको पैसाले ७ दिनको मात्रै आयात धान्न सक्छ। गत आर्थिक वर्षको तथ्यांकले निर्यातबाट कमाएको पैसाबाट २५ दिनको आयात थेग्नसक्ने अवस्था थियो।

यस्तै मुलुकको अर्थतन्त्र फेरि उच्च मूल्यवृद्धिको चपेटातर्फ लम्किँदै गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६।४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

भूकम्प र नाकाबन्दीपछि घट्दै आएको मूल्यवृद्धिको चाप यो वर्ष भने बढ्दो क्रममा देखिएको छ। तर सहरी क्षेत्रमा अत्यधिक खपत हुने तरकारीको मूल्यवृद्धि औसतमै १६।८३ प्रतिशत बढेको छ। मसला र फलफूलको मूल्यवृद्धि पनि दोहोरो अंकमा रहेको तथ्यांक केन्द्रीय बैंकले नै सार्वजनिक गरेको छ। लुगाफाटो, जुत्ताचप्पल र गैरखाद्य वस्तुको मूल्य पनि उच्च दरमा बढेको छ।

राष्ट्र बैंकले छिमेकी मुलुक (भारत)मा औसत मूल्यवृद्धिको दर बढिहेको र श्रमको लागत (तलब र ज्याला दर) पनि बढेका कारण महँगी बढेको उल्लेख गरेको छ। मौसमी प्रतिकूलताले तरकारीखेतीमा असर परको कारण पनि मूल्यवृद्धि ‘लक्षित सीमाभन्दा केही उच्च रहेको’ समीक्षा प्रतिवेदनमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ