आज कर दिवस : सप्ताहव्यापी कार्यक्रम गरिँदै, कर तिर्नेको संख्यामा खासै सुधार देखिएन 

आज कर दिवस : सप्ताहव्यापी कार्यक्रम गरिँदै, कर तिर्नेको संख्यामा खासै सुधार देखिएन 

  • आइतवार, मंसिर १, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडाैं, १ मंसिर ।

नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन आज ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ देशभर कर दिवस मनाइँदैछ । विगत ८ वर्षदेखि हरेक वर्ष आजको दिनलाई कर दिवसका रुपमा मनाइँदै आएको छ ।

आन्तरिक राजस्व विभागले आजदेखि एक सप्ताहसम्म करसम्बन्धी विविध कार्यक्रम गर्ने भएको छ । विभागका अनुसार देशभरका कर कार्यालयले विशेष कार्यक्रम गर्नेछन् । त्यसैगरी उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्थाहरुले पनि कर दिवसका अवसरमा बिभिन्न कार्यक्रम गर्ने जनाएका छन् ।

आजै सरकारले मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दैछ । त्यसका लागि आन्तरिक राजस्व विभागले सबै तयारी पूरा गरेको जनाएको छ । कर कार्यालयहरुले करदाताहरुको सम्मान तथा जनचेतना अभिवृद्धिजस्ता कार्यक्रम गर्दैछन् ।

कर सप्ताहको अवधिभर करका विषयमा नीतिगत एवं व्यवहारिक पाटामा छलफल एवं अन्तक्र्रिया गरिने विभागले जनाएको छ । निजी क्षेत्रका छाता संस्थाले करसँग सम्बन्धित रहेर बहस चलाउने भएका छन् । नेपालमा २०५४४ साल मंसिर १ देखि मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको हो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको मंसिर १ गतेलाई कर दिवस मनाउने निर्णय गरेको थियो ।

विभागले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार करसम्बन्धी विविध कार्यक्रम गरेर जनचेतना विस्तार गर्ने प्रयास गरिएको भएपनि कर तिर्नेको संख्यामा खासै सुधार आएको देखिएको छैन । कूल जनसंख्याको मात्र १० प्रतिशतले कर तिर्ने गरेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाउँछ । ९० प्रतिशत जनसंख्या करको दायराभन्दा बाहिर रहेका छन् ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार करदाताकाे संख्या ३० लाख नजिक पुगेको छ । चालु आर्थिक वर्षको बजेटमा सबै व्यक्तिलाई प्यान अनिवार्य गरेपछि करदाताको संख्या वृद्धि भएको देखिएको छ ।  यस नीतिले नेपालमा बसेका विदेशीले पनि प्यान लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

केही वर्षयता सरकारले करको दरभन्दा पनि दायरा फराकिलो गरेकाले करदाताको संख्या वृद्धि भएको विभागले उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा विभागलाई ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व उठाउनुपर्ने जिम्मेवारी छ ।  गत वर्ष करदाताकाे सङ्ख्या २१ लाख थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ