‘सहुलियत ऋण पाउने सुनिश्चिता गर्छौं’

‘सहुलियत ऋण पाउने सुनिश्चिता गर्छौं’

  • बुधबार, कार्तिक १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बनेपा, १३ कात्तिक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताउनुभएको छ ।

भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण गरेको निजी आवासको अवस्था कस्तो छ भन्ने विषयमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, विश्व बैंकलगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उहाँले सहुलियत ऋणका विषयमा सरकार र बैंकसँग सहमति भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा दूई प्रतिशत ऋण लिन पाउने व्यवस्थाको कुरा गरे पनि त्यो पूरा हुन सकेन । मैले कार्य जिम्मेवारी सम्हालेपछि तत्कालै सरकारसँग कुरा गरेर गरेको निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६ प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था भएको र त्यसमा दूई प्रतिशत थप गर्दा ८ प्रतिशत हुने र त्यसमा पाँच प्रतिशत सरकारले तिरीदिने गरी छलफल भइसकेको छ ।”

उहाँले बैंकमा तिर्नुपर्ने पाँच प्रतिशत ब्याजदर रकम तिरिदिने विषयमा सहमति भइसकेको हुनाले ऋण लिनेको विवरण सङ्कलन गरी जिल्लामा छलफल गरी त्यसको टुङ्गो लगाउन सबै लाग्न आग्रह गर्नुभयो । “जुन कुरा दिने भनेर प्रतिबद्धता जनाएको छ, त्यो काम पूरा गर्न प्राधिकरण प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “भविश्यमा पनि प्राधिकरण लाभग्राहीको बीचमा र नगरपालिकासँग बसेर काम गर्न चाहन्छ ।”

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सबैको सहयोगमा भूकम्प पुनःनिर्माणको काममा अगाडि बढ्न सकेको बताउनुभयो । सो क्रममा उहाँले ४५ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएकामा खुशी व्यक्त गर्दै भूकम्पका बेलामा सडक, खानेपानी, अस्थायी आवास नभएको अवस्थामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नेपाल सरकारबाट सहयोग पाएर समुदायमा केही व्यवस्थापन गर्न सकेको बताउनुभयो ।

अन्तक्र्रियामा विश्व बैंकका देशीय निर्देशक फारिस एज हदले नेपाल आएर मात्रै नभई पुनःनिर्माणको काममा साझेदारी गरेर सहयोग गरेकामा खुशी व्यक्त गर्नुभयो ।

वडा नं ११ का वडा अध्यक्ष विष्णु धितालले वडामा एक हजार हजार १७ लाभग्राही रहेकामा ४६२ घरपरिवारले घर निर्माण गरिसकेको र ६६२ घरपरिवारले दोस्रो किस्ता लिइसकेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी