जसले सबै हिमाल आरोहणमा बनाए कीर्तिमान

जसले सबै हिमाल आरोहणमा बनाए कीर्तिमान

  • बुधबार, कार्तिक १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

नेपाली पर्वतारोही निर्मल पुर्जाले चीनले ‘स्पेसल परमिट’ दिएपछि मंगलबार विहान स्थानीय समयअनुसार ८स्५८ बजे सिसापाङ्माको शिखरमा पाइला राख्दै ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको आरोहण सात महिनामै पूरा गर्दै कीर्तिमान बनाएका छन् ।

उनले आठ वर्ष लगाएर पोलिस आरोहीले सन् १९८७ मा बनाएको कीर्तिमानलाई सात महिनामै छोट्याइदिएका हुन् ।

३६ वर्षीय पुर्जाले सिसापाङ्माको शिखरबाट ‘मिसन एचिभ्ड’ भन्दै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् । उनले ८ हजार अग्ला सबै हिमाल १९० दिनमै आरोहण गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि पोल्यान्डका जर्जी कुकुच्जाले ७ वर्ष ११ महिना १४ दिन लगाएर सन् १९८७ मा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।

पुर्जाले आफ्नो टिमका मिङ्मा डेविड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङले पनि सिसापाङ्माको आरोहण गरेको उल्लेख गरेका छन् । सुरुमै आरोहणको स्वीकिृति नपाएकाले उनले आठ हजार मिटरका सबभन्दा होचो हिमालको ठूलै चुनौती बेहोर्नुपर्यो ।

उनले २३ अप्रिलमा अन्नपूर्णको आरोहरणसगै कीर्तिमान कायम गर्ने अभियान ‘प्रोजेक्ट पोसिबल’ थालेका थिए । चौथो हिमालको रुपमा २२ मे मै विश्वकै सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका उनले ११ हिमाल ९० दिनभित्रै चढेका थिए । उनले ल्होत्से, मकालु र सगरमाथा ४८ घन्टाभित्रै आरोहण गर्दै रेकर्ड बनाए । उनले यो अभियानको १३ औं हिमालको रुपमा २७ सेप्टेम्बरमा मनास्लुको चुचुरोमा पाइला राखेका थिए ।

‘निम्स दाइ’को नामले चर्चित् पुर्जाको अभियानको अन्तिम शिखरको रुपमा गन्तव्य बन्यो सिासापाङ्मा । चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित सिासापाङ्मा आरोहणलाई यो सिजनको लागि चीनले रोक लगाएको थियो । त्यसैले पुर्जाले आरोहण स्वीकिृतिको लागि निक्कै हारगुहार गर्नुपर्यो । र, नेपाल सरकारको पहलमा चीनले १५ अक्टोबरमा आएर स्पेसल परमिट दिएपछि पुर्जा प्रोजेक्ट पोसिबलको अन्तिम गन्तव्यतिर लागेका थिए ।

सगरमाथा आरोहणस“गै उनले डेथ जोनबाट केही आरोहीलाई उद्दार पनि गरेका थिए । त्यसले उनको अभियानले विश्वव्यापी चर्चा पाएको थियो । म्याग्दीका उनी सन् २००३ मा बेलायती सेनाको गोर्खा पल्टनमा भर्ती भएका थिए ।

त्यसपछि २००९ मा रोयल मरिनमा आबद्ध भएका उनले गोर्खा भर्तीको २०० वर्र्ष पुगेको अवसरमा सन् २०१७ मा १३ सैनिक आबद्ध ‘गोर्खा एक्सिपिडिसन’को नेतृत्व गरेका थिए । टिमको सफल आरोहणस“गै उनले बेलायतको प्रतिष्ठित् अवार्ड एमबीई र नागरिक सम्मान पाएका थिए । उनले पर्वतारोहणमा केन्द्रित हुने भन्दै गत वर्ष बेलायती सेना छाडेका थिए ।

उनले  २३ अप्रिलअन्नपूर्ण ९८,०९१ मिटर०, नेपाल,१२ मेधौलागिरि ९८,१६७ मिटर०, नेपाल,१५ मेकन्चन्जंगा ९८,५८६ मिटर०, नेपाल,२२ मेसगरमाथा ९८,८४८ मिटर, नेपाल,२२ मेल्होत्से ९८,५१६ मिटर, नेपाल,२४ मे मकालु ९८,४८१ मिटर, नेपाल,३ जुलाईनांगा पर्वत ९८,१२५ मिटर, पाकिस्तान,१५ जुलाईगासेरब्रम पहिलो ९८,०८० मिटर, पाकिस्तान,१८ जुलाईगासेरब्रम दोस्रो ९८,०३५ मिटर, पाकिस्तान,२४ जुलाईके टु ९८,६१४ मिटर, पाकिस्तान,२६ जुलाईब्रोड पिक ९८,०५१ मिटर०, पाकिस्तान,२३ सेप्टेम्बरचो यू ९८,१८८ मिटर०, नेपाल
२७ सेप्टेम्बरमनास्लु ९८,१६३ मिटर०, नेपाल, २९ अक्टोबरसिसापाङ्मा ९८,०२७ मिटर०, चीन रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी