नेप्से परिसूचक ओरालो लाग्ने क्रम रोकिएन

नेप्से परिसूचक ओरालो लाग्ने क्रम रोकिएन

  • सोमवार, कार्तिक ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ, ४ कात्तिक । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा पुगेको छ । कारोवार रकम आइतबारको तुलनामा बढेपनि कुनै उल्लेख्य प्रगति भने हुन सकेन । आइतबार कूल रु ११ करोडको मात्रै कारोवार भएको थियो । आज कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने पाँच उपसमूहको शेयर घटेर बन्द भएको छ । बैंङ्किङ १.८८, विकास बैंक ६.७, जलविद्युत् ५.११, वित्त २.३ र उत्पादन १६.४५ विन्दुले ओरालो लागे । यस्तै होटल २.७२, निर्जीवन बीमा ८.५९, अन्य १.७, लघुवित्त ०.६२, जीवन बीमा २२.५ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज पनि प्रभु बैंक नै शीर्ष स्थानमा छ । सो बैंकको रु एक करोड ८९ लाख ३७ हजार ३६७ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु ७६ लाख १८ हजार ७७१, मेगा बैंक रु ७० लाख ४४ हजार ३२६, शिवम् सिमेन्ट रु ६५ लाख ५६ हजार २७५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ६० लाख १७ हजार ३९७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार घोडाघोडी लघुवित्त ४.८१, प्राइम लाइफ इन्स्योरेन्स ४.१८, आशा लघुवित्त वित्तीय संस्था ३.१३, मितेरी डेभलपमेन्ट बैंक २.८६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.३० प्रतिशतले कमाए । त्यस्तै एभरेष्ट बैंक ९.२८, राधी विद्युत् कम्पनी ५.५५, कर्णाली डेभलपमेन्ट बैंक ३.८०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.६२ र वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२२ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी