चीन सरकारद्धारा नेपाली सेनालाई करिब साढे दुई अर्ब सहयोग

चीन सरकारद्धारा नेपाली सेनालाई करिब साढे दुई अर्ब सहयोग

  • आइतवार, कार्तिक ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, ३ कार्तिक ।
चीन सरकारले नेपाली सेनालाई करिब दुई अर्ब ४० करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र चीनका रक्षामन्त्री वेई फेन्ग्हेले बेइजिङमा आइतबार आयोजित एक कार्यक्रममा एक सय ५० मिलियन युयान सहयोग गर्ने उक्त सहयोग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सहयोग अन्तरर्गत चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनका सैन्य सामग्रीहरू उपलब्ध गराउने छ ।
चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई सो उपलब्ध गराउने प्रस्ताव गरेको रक्षा मन्त्रालयले जनाएको छ । यस सम्झौता अन्तर्गत मानवीय तथा विपद् व्यवस्थापका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्राोटेकलमा समझदारी गरे बमोजिम आगामि तीन वर्षको अवधिमा नेपाललाई सहयोग हस्तान्तरण हुने उल्लेख छ ।
चीनले नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता स्वरुप यो रकम उपलब्ध गराएको हो । रक्षा मन्त्रालयका अनुसार गत वर्ष पनि चीनले नेपाललाई करिब २ अर्ब ४० लाख रुपैयाँ बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धि सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा त्यो कार्यान्वयनको चरणमा छ ।
उक्त सहायता सम्झौतामा हस्ताक्षर हुनुपूर्व नेपालका उपप्रधान तथा रक्षामन्त्री पोखरेल र चीनका रक्षामन्त्री वेई बीच द्धि–पक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । पोखरेलले नेपाल र चीन बीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्दे्शित भएको उल्लेख गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी