सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित

सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित

  • आइतवार, कार्तिक ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, कात्तिक ३ । दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोशिस गरेको आरोप लागेका सांसद पार्वत गुरुङ आइतबार काठमाडौंं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद गुरुङ बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनको अदालतमा थुनछेक बहस चलिरहेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

२०४६ जेठमा काठमाडौंको चाबहिलमा खड्कालाई गुरूङ्गको निर्देशनमा आक्रमण गरेको भन्दै सरकारी वकील कार्यालयले गएको वैशाखमा उनीविरूद्ध मुद्दा दायर गरेको थियो ।

अदालतले जारी गरेको उपस्थित हुन आउने म्यादसहितको पक्राउ पुर्जीसांसद गुरूङले असोज ८ गते बुझेका थिए । प्रहरीले भने गुरूङ फरार रहेको बताउँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ