काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले मंसिर १४ गतेको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
तीन दीनसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधीकारी बैठक र पोलिटव्यूरो बैठकलेसरकारले मंसिर १४ गते गर्ने भनेको उपनिर्वाचनलाई ‘शान्ति र समाजवाद विरोधी’ भएको निश्कर्ष निकाल्दै शसक्त रुपमा वहिष्कार गर्ने निर्णय गरेको हो ।
बैठकले वर्तमान ओली सरकार देश, जनता र राष्ट्रका पक्षमा गम्भीर नभएको र राजनैतिक दलहरुमाथि निधेष, प्रतिबन्ध तथा दमनकारी, फासिवादी गतिविधि बढाउँदै गएको ठहर गर्दै त्यस्ता कार्यहरु नरोकेमा जनताहरु आन्दोलीत बन्दै जाने प्रति सरकारलाई सचेत समेत गराएको छ ।
माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले गत असोज ३ गते प्रधानमन्त्री कार्यालयको विद्युतिय ठेगाना (ईमेल) मार्फत सरकारलाई बुझाएको ‘संविधानको पुनलेखन तथा सरकारका कामबारे’ १८ बुर्दे कार्यपत्रको कार्यान्वयनमा ध्यान नदिएकाले आफुहरु उपनिर्वाचनको शसक्त वहिष्कारमा उत्रिन बाध्य भएको नेताहरुले हरपल नेपालसँग बताए ।
सरकारका जनविरोधी काम, कृयाकलापहरुको व्यापक भण्डाफोरको नीति सहित माओवादी केन्द्रको बैठकले उपनिर्वाचनलाई शसक्त रुपमा वहिष्कार गर्ने, निर्वाचनको सम्पूर्ण कामलाई प्रभावित पार्ने लगाएको निर्णय गरेको छ ।
दलाल संसदीय व्यवस्थाले जनतामा थुपारेको चौतर्फि समस्याहरु, राज्यको संस्थागत भ्रष्टाचार, सामाजिक अपराधीहरुको संरक्षण, महिला र बालबालिकाहरुमाथिको बढ्दो दुव्यवहार तथा उत्पीडित वर्ग समूहहरुमाथिको अन्याय राज्य व्यवस्ुथाकै कारण बढेको निष्कर्ष सहित बैठकले सरकारी काम, कारवाहीको भण्डाफोर र निर्वाचर्न वहिष्कार गर्न लागेको बुझिएको छ ।
ओली नेतृत्वको वर्तमान सरकार निर्वाचनको नाममा मुलुकको ‘शान्ति र जनताको समाजवाद उन्मुख व्यवस्था निमार्णको आन्दोलन’ का विरुद्धमा उभिएकाले मंसिर १४ गते हुने भनिएको उपनिर्वाचनलाई पूर्णतया वहिष्कार गर्न आवश्यक भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष किरातीले नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।
माओवादी केन्द्रका नेताहरुले निर्वाचन वहिष्कारको नीति अनुसार विभिन्न रुपका आन्दोलनका कार्यक्रमहरु ठोस गरिएको बताएका छन । वहिष्कारको कार्यक्रम अन्तर्गत देशव्यापी हड्ताल सम्म गर्ने विषयमा समेत छलफल भएको भएपनि त्यसलाई भने माओवादी केन्द्रले हालै सार्वजनिक गरिसकेको छैन ।