आलम बचाउको पक्षमा नलागेको देउवाको स्पस्टोक्ति

आलम बचाउको पक्षमा नलागेको देउवाको स्पस्टोक्ति

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कार्तिक २ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले मोहम्मद आफताव आलमको मुद्दामा षड्यन्त्र भयो नभनेको स्पष्ट पारेका छन्।

शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा व्यक्त गरेको अभिव्यक्तिप्रति आलोचना भएपछि देउवाले बोली फेरेका हुन्।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै देउवाले आफूले त्यस्तो भन्न नखोजेको दाबी गरेका छन्। सभापति देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने तर्फ मात्रै संकेत गरेको दाबी गरेका छन्।

‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ। तर, कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

देउवाले आफ्नो पार्टीबाट निर्वाचित सांसद आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न आग्रह गरेका छन्। यसमा कांग्रेसले पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रूपले प्रष्ट्याउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ