कार्तिक १ काठमाण्डौं । सिभिल बैंकले काठमाडौें, काँडाघारी(पेप्सीकोला) मा नयाँ शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रतापजङ्ग पाण्डे तथाकागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुतm रुपमा गरे ।
शाखाको उद्घाटनसमारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ,सिभिल बैंककाप्रदेश नं ३ काप्रदेश प्रमुख भोला बहादुर विष्ट उद्योगी, व्यवसायीको उपस्थिति थियो ।
उद्घाटनकार्यक्रमकाप्रमुखअतिथिकागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप उर्जा प्रदानगर्ने बताए ।
सिभिल बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहक वर्ग तथाअन्य सम्पूर्ण सरोकारवालाहरुकाहितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासकालागीउत्पादनमुलक क्षेत्रको लगानीमाजोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बताए ।
सोही समारोहमा सिभिल बैंककासंचालकप्रतापजङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।