बिबिसी सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

बिबिसी सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

लन्डन (बिबिसी) – बिबिसीले सन् २०१९ का लागि विश्वभरबाट अति प्रभावशाली र प्रेरणादायी सयजना महिलाको सूची सार्वजनिक गरेको छ। बिबिसीले प्रत्येक वर्ष विश्वभरिबाट आआफ्नो क्षेत्रमा सफल भएर परिवर्तनका लागि काम गरेका सयजना महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।
बुधबार सार्वजनिक गरिएको सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छन्।
‘यदि महिलाले नेतृत्व लिने हो भने भविष्य कस्तो हुनेछ ?’ भनेर यो वर्ष बिबिसीले ती महिलालाई प्रश्न सोधेको थियो।

बिबिसीले सार्वजनिक गरेको यस वर्षको अति प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता ग्रेटा थन्बर्गसहित पुरुष जेलमा राखिएकी २१ व्र्षकी ट्रान्स वुमन निसा अयुबसम्म परेका छन्। बिबिसीको सूचीमा परेकामध्ये अधिकांश महिलाले विश्वभर महिलाको पक्षमा काम गरिरहेका छन्। उनीहरुले सन् २०३० मा मानिसको जीवन कस्तो होला भनेर उनीहरुको दृष्टिकोण बिबिसीलाई दिनेछन्। त्यसैगरी केहीले माफियाका विरोध गरेका कारण सूचीमा अटाएका छन् भने महिलाको निन्दा गर्नेविरुद्ध संघर्ष गरिरहेका फुटबलर पनि रहेका छन्।

शर्माले कुपोषणबाट बालबालिकालाई बचाउन ‘पोषणमाला’ निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरुलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिने गर्छ। नेपालबाट भने बोनिता शर्मा यस वर्षको बिबिसी सय महिलाको सूचीमा पर्न सफल भएकी छन्। गृहिणी बन्नु पर्ने दबाबलाई चिर्दै आफ्नी आमाले उच्च शिक्षा हासिल गर्न पर्छ भनेर दिएको ढाडसबाट प्रभावित बोनिताले नेपालमा रहेका महिलाको सशक्तिकरण तथा किशोरीको शिक्षाका लागि सहयोग गर्ने गरेकी छन्।
शर्माले कुपोषणबाट बालबालिकालाई बचाउन ‘पोषणमाला’ निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरुलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिने गर्छ। शर्माले अन्य तीनजना साथीसँग मिलेर ‘द सोसल चेन्जमेकर एन्ड इनोभेटर (सोचाइ) नामक संस्था सञ्चालन गरिहेकी छन्। उनको परियोजनालाई युनेस्को मलाला कोषले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी