काठमाडौं, ३० असोज ।
सरकारले बाँकेको साविक नेपालगञ्ज नगरपालिका २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मालाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले जनयुद्धका क्रममा मारिएका अधिराजकुमारका बुबालाई १० लाख रुपैयाँ सहायता दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।
यस्तै बैठकले जन आन्दोलनमा घाइते भएकी काभ्रको पाँचखाल नगरपालिका(४ की सानुमाया लामालाई पनि ३ लाख रुपैयाँ दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
यस्तै कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल–बंगलादेश वार्णिज्य सहसचिवस्तरीय प्राविधि समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यी वार्ता टोली गठन गर्ने पनि निर्णय गरेको छ।
यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

