असोज ३० जनकपुर । संविधान जारी भए पछि त्यसले मधेशलाई अधिकार नदिएको भन्दै विरोधमा चर्किएको आन्दोलनका बेला घाईते भएकाहरुले आज जनकपुरमा दुई नम्बर प्रदेशका मुख्य मन्त्रीले भेट समेत नदिएको भन्दै निराश भएका छन् ।
पहिल्यै समय मागेर आज सर्लाही, रौतहट, पर्सा, महोत्तरी लगायतका जिल्लाबाट मधेश आन्दोलनका घाईतेहरु जनकपुरस्थित मुख्य मन्त्रीको कार्यलय पुगेका थिए ।
तर त्याहाँ समय दिएर पनि घाईतेहरुलाई नभेटी अर्को कार्यक्रममा गएको र फोन समेत नउठाएको घाईतेहरुको आरोप छ ।
उनीहरुले आन्दोलनका बेला उकासेर उपचार खर्च, मृतकका परिवारलाई ५० लाख दिने जस्ता कुरा गरेको तर अहिले सुनेको नसुनेकै गरेको भन्दै आन्दोलनको चेतावनी दिदै आएका छन् ।
त्यस आन्दोलनका बेला दर्जनौ आन्दोलनकारीको मृत्यु भएको थियो भने थुप्रै घाईते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline