लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सवोच्चको आदेश

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सवोच्चको आदेश

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

असोज ३० काठमाडौं । सर्वाेच्च अदालतले लाल आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारका नाममा आदेश जारी गरेको छ।
मधेश आन्दोलनका चार जना पीडितले प्रतिवेदन उपलब्ध गराउन माग गर्दै दायर गरेको रिटमा सुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश  सपना प्रधान मल्लको पूर्ण इजलासले तीन महिनाभित्र निर्णय गरी लाल आयोगको प्रतिवेदन निवेदकलाई उपलब्ध गराउन आदेश दिएको हो।
मधेश आन्दोलनका पीडित रुपन्देही, बेथरी निवासी शशीधर पाण्डेय, गीता बराई, अवधेश कुर्मी, धर्मेन्द्र मुरावले आन्दोलनका क्रममा भएको हत्याहिंसा, आगजनी र तोडफोडको छानविनका लागि सर्वाेच्चका पूर्वन्यायधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनको माग गर्दै गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायल र राष्ट्रिय सूचना आयोगबिरुद्ध रिट निवेदन दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ