असोज ३० विराटनगर । सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१,पुष्पलाल चोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले गरे ।
उक्तशाखाको उद्घाटन समारोहमा सिभिल बैंकका क्षेत्र नं १ काप्रदेश प्रमुखसन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका स्थानीय राजनैतिक प्रतिनिधिहरु , उद्योगी, व्यवसायीको पनि उपस्थिति थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै महानगरप्रमुख पराजुलीले यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने बताए ।
सोही समारोहमासिभिल बैंकका क्षेत्र नं १ काप्रदेशप्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिलाजागृतितथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।
बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवातथाब्याजको एक्मुष्ठ रकमको लाभपाउने एन्यूटी डिपोजिट निक्षेप योजनानेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।