नेकपाका नेता श्रेष्ठ रिहालगत्तै गिरफ्तार

नेकपाका नेता श्रेष्ठ रिहालगत्तै गिरफ्तार

  • बुधबार, अशोज २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

असोज २९ काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा भएको बहसपछि अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले उनलाई अदालतको गेटबाटै गिरफ्तार गरेको छ ।
बन्दी श्रेष्ठका तर्फबाट अधिवक्ता कान्ति ढुंगानाले बहस गरेका थिए । अदालतले रिहा गरेलगत्तै महानगरीय प्रहरीवृत्त सिहंदरबारले श्रेष्ठलाई गिरफ्तार गरी बमविस्फोटको मुद्दा लगाएको छ ।
ओखलढुंगा घर भएका श्रेष्ठलाई चैत १० गते प्रहरीले मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको थियो । त्यसपछि उनलाई अदालतले पटकपटक रिहा गर्न आदेश दिए पनि प्रहरीले गिरफ्तार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ