महरालाई जिल्ला अदालत लगेर म्याद थप गरिदै

महरालाई जिल्ला अदालत लगेर म्याद थप गरिदै

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

असोज २८ काठमाण्डौं ।   संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि दुव्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गरी म्याद थपिँदै छ । स्वास्थ्य समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका महरासंगको बयान नसकिएकाले म्याद थप गर्ने लागिएको हो ।

गत १९ असोजमा पक्राउ परेका महरालाई गत बिहीबार प्रारम्भिक बयान लिइएको थियो । त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई काठमाडौं थापाथलीस्थिति नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पतालमा उनका परिवारका सदस्य र आफन्तबाहेक पार्टी उच्च तहका कुनै नेताहरु उनलाई भेट्न पुगेका छैनन् । महराले पहिलादेखि नै उच्च रक्तचापको औषधी सेवन गर्दै आएका थिए ।

महराले आफूलाई जवजस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यो बीचमा पटक पटक आफ्ना भनाइहरु बदल्दै आइरहेकी छिन् ।
उनले आफू त्यहाँ पुगेपनि सञ्चारमाध्यमबाट बाहिर आएजस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बयान दिएका छन् । ‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ’, स्रोतले भन्यो, ‘तर बयान सकिएको छैन । बयान पुरा भएपछि सोही अनुसार मुद्दा अगाडि बढाइनेछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ