दाईजो नल्याएको भन्दै भारतमा नेपाली युवतीको हत्या

दाईजो नल्याएको भन्दै भारतमा नेपाली युवतीको हत्या

  • सोमवार, अशोज २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असोज २७ विराटनगर । दाइजो नल्याएकाे भन्दै नेपाल माइती भएकी युवतीको भारतीय सीमावर्ती बजार जोगबनीमा हत्या भएको छ । विवाहमा कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै विराटनगर महानगरपालिका–११ पिछरा माइती भएकी २२ वर्षीय रञ्जना सहनी (बहरदारं)को हत्या भएको हो ।

भारत अररिया जिल्लाको जोगवनीस्थित ३ किलोमिटर दक्षिण भवानी पुरस्थित ‘परमान’ खोलामा हातखुट्टा बाँधेर फालेको अवस्थामा रञ्जनाकाे शव फेला परेको जोगवनी प्रहरीले जनाएको छ । मृतकको अनुहार र शरीरमा चोट लागेकाले हत्या गरी खोलामा फालेको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

जोगवनी प्रहरीले हत्या आरोपमा सहनीका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनीसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखिया छन् ।

सहनीकाे गत फागुनमा जोगवनी भीम बहरदारसँग विवाह भएको थियो । बिहेपछि ससुरालीले कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै रञ्जनालाई कुटपिट गर्दै आएको माइती पक्षले बताएका छन् । रञ्जना आफ्नो घरबाट गत शुक्रबारदेखि हराएकी थिइन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ