नेपाल र चीनको सयुक्त वक्तव्य जारी

नेपाल र चीनको सयुक्त वक्तव्य जारी

  • आइतवार, अशोज २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

असोज २६ काठमाण्डौं ।  नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।
संयुक्त वक्तव्यमा दुई देशीय सम्वन्धलाई रणनीतिक साझेदारीमा विकास गर्ने उल्लेख गरिएको छ। वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनबारे समेत जोड दिइएको छ। विकास र स्थायीत्वको लागि सहयोग रहने समेत बताइएको छ।  नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने वक्तव्यमा उल्लेख छ।
दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्नेछ। नेपाली पक्षले एक चीन नीतिमा अडान दोहोर्‍याउँदै ताइवान चीनको अभिन्न अंग रहेको र तिब्बत चीनको आन्तरिक मामला भएको धारणा स्पष्ट पारेको छ। नेपाली भूमीबाट चीन विरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता नेपालले दोहोर्‍याएको छ।
राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई चीन सरकारको सहयोग कायम रहने।

द्विपक्षीय उच्चस्तरीय भ्रमण र आदानप्रदानलाई निरन्तर रुपमा अघि बढाउने। सरकारका मन्त्रालयहरु, विभाग, कानुनी निकाय र राजनीतिक दलबीचको आदानप्रदान निरन्तर राख्ने।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) अन्तर्गत बन्दरगाह, सडक, रेल्वे, हवाइ सेवा आदि माध्यमबाट हिमालय वारपार सम्पर्क सञ्जाल बिस्तार गर्ने। क्रस बोर्डर रेल्वे निर्माणबारे विस्तृत तहको अध्यन गर्ने र, यसलाई काठमाडौं-पोखरा-लुम्बिनी रेल्वे परियोजनाका रुपमा अघि बढाउने। झाङमु/खासा बन्दरगाहलाई पुनर्सञ्चालन, जिलोङ/केरुङ नाकालाई अद्यावधिक गर्ने र लिजी/नेचुङ नाका जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने। अरनिको राजमार्गको स्तर उन्नति गर्ने र स्याफ्रुबेंसी-रसुवागढी सडक समेत पुनर्निर्माण गर्ने। जिलोङ/केरुङ हुँदै काठमाडौं जोड्न सुरुङहरु निर्माण गर्ने। कोशी, गण्डकी र कर्णाली कोरिडर निर्माणमा प्रतिवद्धता दोहोर्‍याउने।

चीनको सचिुवान प्रान्तको छेङ्दूमा नेपालको कन्सुलेट जेनेरल स्थापना गर्न समझदारी भएको छ।

दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुद बनाउँदै वभिन्नि क्षेत्रहरुमा दुवै मुलुकको हति हुने गरी सहकार्य गरेर अगाड बढ्ने।

संयुक्त राष्ट्रसंघमा नेपाल र चीनले आपसी सहकार्यलाई थप मजबुद बनाउने। दुई मुलुकबीचको हित हुने क्षेत्रीय मुद्दामा सहकार्य गर्दै अघ बढ्ने।

चनियिाँ राष्ट्रपतिको ऐतहिासकि नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयम थपएिको।

दुई मुलुकबीच शिक्षा, पर्यटन, आयुर्वेदकि, मिडिया, थिंक ट्यांक लगायतमा प्रवर्द्धन गर्ने। चिनियाँ सरकारको तर्फबाट सय वटा कनफ्युसयिस इन्स्टिच्युट छात्रवृत्ति प्रदान गर्ने। नेपालको पर्यटन प्रवर्द्धनमा चीनको पक्षबाट सक्दो सहयोग गर्ने र भ्रमण वर्षमा पनि सहयोग रहने।

दुई मुलुकबीच सीमा व्यवस्थापन सम्बन्धी समझदारीमा भएको हस्ताक्षारमा सहमति जनाइएको।

सगरमाथा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको द्योतक रहेको उल्लेख गर्दै चिनियाँ पक्षले जलवायु परविर्तन र वातावरण संरक्षणमा जोड दिने। चीन र नेपालले संय्क्तु रुपमा सगरमाथाको उचाइको घोषणा गर्ने सहमति। र विभिन्न वैज्ञानकि अनुस्नधानहरु गर्ने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ